Skip

Hamro Sanchar

समयमै काम नगर्ने ११ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालो सूचीमा राखिएका निर्माण कम्पनीमा राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको निर्माण गरिरहेको रमण कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्रालिसमेत छन्।

एक वर्षदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

 

 

 


प्रतिकृया दिनुहोस्