
१२ जेठ, काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसद्सँग किन तर्सिएको भनि सोधेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले संसद्को मर्यादा नराखेको बताए ।
उनले संसद्मा जवाफ दिन नआएका प्रधानमन्त्रीले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भन्ने सुनिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर पूजा गर्दै हो भनि प्रश्न गरे ।
“प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्दै हो ? बालेनतन्त्र स्थापना गर्न खोजिएको हो रु,” उनको प्रश्न छ ।
प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखे । मंगलबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पर्यटनमन्त्री खडक पौडेललाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्न अनुमति दिएपछि विपक्षी सांसद उठेका थिए । त्यसपछि विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका छन् ।




























