Skip

Hamro Sanchar

रास्वपाको बाचा : छिट्टै प्रधानमन्त्रीलाई संसद्‍मा ल्याउछौं, आउलान बालेन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


Advertisement

१२ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा हुने प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउने प्रतिबद्धता जनाएको छ।

विपक्षी दलहरूले संसद् नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनैपर्ने अडान लिएपछि रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले छिट्टै संसदमा ल्याउने पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

संसद् नियमावलीमा संसद सञ्चालन रहेको अवस्थामा पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यस्था छ ।

यसअघि विपक्षीले त्यही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् । केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकको अनौपचारिक बैठकले प्रधानमन्त्री नआए मंगलबारको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।

संसद् बैठक अहिदले जारी छ । प्रधानमन्त्री आउने दिनसम्मका लागि संसद् बैठक स्थगन गर्न पनि विपक्षीले माग गरेका छन् । प्रधानमन्त्रीलाई छिट्टै
संसद्‍मा ल्याउने बाचा गरेको रास्वपाले एकिन मिति भने तोक्न सकेको छैन ।


प्रतिकृया दिनुहोस्