Skip

Hamro Sanchar

भारत जान लागेका रविलाई हर्कको आग्रह : लिपुलेक-लिम्पियाधुरा फर्काउन बोल्नु है

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भारत भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सीमा विवादबारे बोल्न अनुरोध गरेका छन् ।

हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछाने जी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है !पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भाथ्यो ।’

लामिछाने भारत भ्रमणमा जाने तयारीमा छन् । त्यस क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिइएको छ ।

 


प्रतिकृया दिनुहोस्