Skip

Hamro Sanchar

विपक्षी दलले संसद्को विरोधलाई जारी राख्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १० गते


Advertisement

१० जेठ, काठमाडौं । विपक्षी दलहरूले सदनको विरोधलाई निरन्तरता दिने भएका छन्।

आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुश्बु ओली थिए।

बैठकमा विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढेको र सभामुखको दलीय भूमिकाका बारेमा गम्भीर छलफल भएको महरले जानकारी दिए।

‘संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि संसदमा विपक्षीहरूबीचको छलफल र सहकार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बारेमा हामी साझा निष्कर्षमा पुगेका छौँ,’ महरले भने।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्।


प्रतिकृया दिनुहोस्