Skip

Hamro Sanchar

यस्तो छ रास्वपाको राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १० गते


१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार, महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाको मिति तय भएको हो ।

स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र संकलन गरिने तयारी कार्यतालिकामा उल्लेख छ ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ ।

कार्यतालिकाअनुसार, जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।

महाधिवेशनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ रास्वपाले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

यससम्बन्धी छलफल र प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेस गर्ने कार्य आगामी असार ५ गतेभित्र सम्पन्न गरिने कार्यतालिकामा उल्लेख छ । 

 


प्रतिकृया दिनुहोस्