
१० जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने ५ हजार १० रुपैयाँ निर्धारण भएको छ ।



























