
८ जेठ, काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ ।
बैठकमा एक सयजना सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कुल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको मधेश प्रदेशका सभामुख राम अशिष यादवले घोषणा गरे ।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्













