
८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफ्नो सम्पत्तिका विषयमा सार्वजनिक समाचारलाई भ्रामक र नियोजित भन्दै त्यसको खण्डन गरेका छन्।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनले आफ्नो बदनाम गराउने उद्देश्यले मिडिया ट्रायल भइरहेको बताए।
आफूलाई खुला किताबु बताउने खड्काले राजनीतिमा आउनुअघि देखि नै व्यवसायमा रहेको र राज्यलाई एक-एक कर तिरेको दाबी समेत गरेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले ८ महिना अनुसन्धान गर्दा केही नभेटिएपछि सर्वोच्चबाट न्याय पाएको कुरा जगजाहेर छ, उनले लेखेका छन्, गल्ती भेटिएको भए मलाई छोड्थे र ?
भ्रामक समाचारविरुद्ध प्रेस काउन्सिलमा निवेदन दिँदै कानुनी उपचार सुरु गरेको जानकारी दिँदै उनले सत्यको जित हुने विश्वास व्यक्त गरेका छन् ।
बिहिवार नयाँ पत्रिका दैनिकले पुर्व मन्त्री दिपक खड्कासंग भेटियो १ अर्ब माथीको सम्पत्ति भेटिएन श्रोत भन्ने समाचार प्रकाशन गरेको थियो ।
उनले उक्त समाचार प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् ।















