Skip

Hamro Sanchar

मधेसका मुख्य मन्त्रीले जसपाका मन्त्रीलाई किन गरे रातारात बर्खास्त ? राती नै आयो एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ८ गते


८ जेठ, जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी सामेल भएको छ ।

गएराति नेकपा एमालेबाट मोहमद समिरले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।

उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।मधेस सरकारमा नयाँ सत्ता समीकरण बनेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र नेकपा गठबन्धनको सरकार बनेको छ। वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकारलाई जसपा र नेकपाले पनि समर्थन गरेका थिए । गएको वैशाख २३ गते जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिएका थियो ।

मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे मधेस प्रदेश सभामा विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।

शिक्षा तथा संस्कृति मन्त्री, श्रम तथा यातायात मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई बर्खास्त गरेका छन् । यसअघि जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्