
७ जेठ, काठमाडौं । नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नबनाउने निर्णय गरेको छ ।
गत सोमबार एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा व्यवसायी गुरुङले दान दिएको जग्गामा नभई बल्खुस्थित एमालेको नाममा रहेको जग्गामै पार्टी कार्यालय भवन बन्ने प्रस्ताव गरेका छन् ।
उक्त प्रस्तावमा जग्गा फिर्ता गर्दै दान गर्ने गुरुङ परिवारलाई धन्यवाद दिने प्रस्ताव समेत राखिएको छ । चर्चित सपिङ मल भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले १० असोज २०८१ मा १० रोपनी जग्गा दिने र त्यसमा भवनसमेत बनाइदिने घोषणा गरेका थिए ।
त्यो बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए । उक्त प्रकरणले एमालेभित्र तीव्र विवाद निम्त्याएको थियो













