Skip

Hamro Sanchar

सिंहदरबारमै पुगेर सभामुखले भेटे प्रधानमन्त्री, यस्ताे छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ७ गते


७ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनुको खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच आधा घन्टा छलफल भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

संसद बैठक स्थगित गरी प्रधानमन्त्रीलाई भेट्न पुगेका सभामुख अर्यालले अहिले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्