
७ जेठ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।












