Skip

Hamro Sanchar

सरकारलाई कांग्रेस नेता भण्डारीको सुझाव : जनतालाई सास्ती दिने दुई दिने बिदाको निर्णय पुनर्विचार गर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ७ गते


७ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भण्डारीले बिदै बिदा हुने देशमा दुई दिने बिदाले शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा गम्भीर समस्या निम्त्याएको बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, विशेषगरी विद्यालय र हस्पिटलजस्ता संवेदनशील क्षेत्रमा यसको प्रभाव अझ बढी महसुस गरिएको छ।

सेवाप्रवाहमा पनि असहज अवस्था सिर्जना भएको देखिन्छ।डा.भण्डारीले जनताको दैनिक जीवनमा परेको प्रभावलाई अध्ययन गरी सरकारले उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिनुभएको छ।

यो निर्णयले प्रशासनिक कार्यक्षमतामा ह्रास ल्याएको र नागरिकले सास्ती भोग्नुपरेको उहाँको तर्क छ।

 

 


प्रतिकृया दिनुहोस्