
६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्।
आज संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिएका छन् ।
गृह मन्त्रालयमाथि सुकुम्वासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेकाले त्यसको जवाफ संसदमा दिनुपर्ने बताए।
उनले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भने पनि आफूहरू तयार रहेको बताए ।













