
५ जेठ, काठमाडौँ । प्रधान न्यायाधीश डा।मनोजकुमार शर्माले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ खुवाएका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
मंगलबार संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो । शर्माले आज नै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण समेत गर्नेछन्।
सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ मा नवनियुक्त प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो।












