
५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ ।
संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । तर सिफारिस भएका ६ जनामध्ये चौथो वरीयतामा रहेका शर्मालाई अघि सारिएको भन्दै आलोचना पनि भइरहेको छ ।
संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा। शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी खोल्नका लागि मंगलबार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएकोजानकारी दिए ।
सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।













