
४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश डा मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ उजुरी परेका छन् ।
समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा १६ उजुरी परेका संघीय संसद सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माले जानकारी दिइन् ।
गत २५ वैशाखको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।













