Skip

Hamro Sanchar

मेरो आचरणले म कांग्रेस भएकाले मलाई अफ्ठेरो पर्‍यो भन्न दिन्न : सभापति थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ४ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्ना कारणले पार्टीका एकजना सदस्यको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित वाग्मती प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै थापाले भने, “गगन थापा यो पार्टीको सभापति हो उसको निर्णय, व्यक्तिगत जीवन, उसको व्यवहारले, आचरणले म कांग्रेस भएका कारणले मलाई अफ्ठेरो पर्‍यो भन्न दिन्न ।”

पार्टीको जिम्मेवारीमा बसेकाबाट त्यस्तो भए पनि सहन नसक्ने उनको भनाइ छ । सत्यको पक्षमा उभिँदै गर्दा हजारौँले गाली गरे पनि सत्यको पक्षमा उभिने उनले बताए ।


प्रतिकृया दिनुहोस्