
४ जेठ,काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै, आर्थिक वर्ष २०८३र०८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल प्रारम्भ हुने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ ।













