Skip

Hamro Sanchar

रास्वपाले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लाका सबै सांगठनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटी नै विघटन भएपछि सांगठनिक कार्यक्रम स्थगित गरिएको हो ।

रास्वपाले यसअघि गएको वैशाख २७ गते बारा जिल्ला कमिटी विघटन गरेको थियो ।

बारा जिल्ला संगठन निर्माण समितिकी संयोजक कामिनी चौधरीका अनुसार, संगठनात्मक समस्या समाधान, समन्वयका लागि आउँदो शनिबार विस्तारित बैठक डाकिएको छ ।

चौधरीले विज्ञप्ति जारी गर्दै वडा, पालिका तथा निर्वाचन क्षेत्र स्तरीय सबै सांगठनिक कार्यक्रम स्थगित भएको उल्लेख गरेकी छन् ।


प्रतिकृया दिनुहोस्