Skip

Hamro Sanchar

पार्टी सदस्यता रोकिएकि भण्डारीलाई एमालेले बनायो प्रमुख अतिथि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ, काठमाडौ । पार्टी सदस्यता खोसेको नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ

पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ ।

पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो।

गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो ।

एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिनेगरी भण्डारीका गतिविधि अगाडि बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय सुनाएका थिए ।

ओलीको त्यो निर्णयलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतले साथ दिएका थिए ।

तर आज तिनै पौडेल र पोखरेलहरूले भण्डारीलाई प्रमुख अतिथि बनाएर स्मृति दिवस मनाएका छन् । जबकि पार्टी सदस्यता नवीकरणमा रोक लगाएर एमालेको राजनीतिमा आउन नदिने एमालेको निर्णय फेरिएको छैन ।


प्रतिकृया दिनुहोस्