Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई हर्क साम्पाङको कटाक्ष:  सदन आउन नसक्ने डरपोकले लिपुलेक फर्काउँछ भन्नु हाँसउठ्दो मजाक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहमाथि कडा प्रहार गरेका छन् ।

प्रधानमन्त्री संसदमा अनुपस्थित भएको र प्रश्नहरूको सामना गर्न डराएको भन्दै साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

आज आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले प्रधानमन्त्रीलाई डरपोकु को संज्ञा दिएका छन् ।

साम्पाङले लेखेका छन्, संसदमा उठेका प्रश्नहरुको उत्तर समेत दिन नसक्ने ! जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने  मिडिया ट्रायल गर्नु जतिको हाँसउठ्दो मजाक अरु छैन !

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह संसदको बैठकमा अनुपस्थित रहेको विषयलाई लिएर विपक्षी दलहरूले चर्को आलोचना गरिरहेका छन् ।

मंगलबार र बुधबार सांसद साम्पाङले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिको विरोध गर्दै संसद बैठकबाट वाकआउट गरेका थिए ।

संसद सचिवालयभन्दा केही दूरीमा मात्रै रहेको प्रधानमन्त्री कार्यालयबाट समेत सदनमा आएर सांसदका प्रश्नको जवाफ नदिएकोमा साम्पाङ रुष्ट देखिएका हुन् ।

संसदमा जवाफदेहिता नदेखाउने तर बाहिर ठूला कुरा गर्ने प्रवृत्तिले लोकतन्त्रको उपहास भएको साम्पाङको तर्क छ ।

प्रधानमन्त्रीको सचिवालयले भने कार्यव्यस्तताका कारण सदनमा उपस्थित हुन नसकेको र अन्य मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको स्पष्टीकरण दिँदै आएको छ ।

तर, साम्पाङ लगायतका विपक्षी सांसदहरूले भने प्रधानमन्त्री आफैं उपस्थित भएर सार्वजनिक सरोकारका विषयमा जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।

बुधबार सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री स्वर्निम वाग्लेले निति तथा कार्यक्रमको जवाफ दिएपछि ५ बिपक्षी दलले प्रतिनिधि सभा बैठक नै बहिष्कार गरेका थिए । यधपी बिपक्षीकाे अबराेध र बहिष्कारका बिच सरकारकाे नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पाारित भएको छ।

 

 


प्रतिकृया दिनुहोस्