Skip

Hamro Sanchar

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी वज्राचार्यलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


३१ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा.सुशीलबहादुर वज्राचार्यलाई दिइएको छ ।

प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. वज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी वज्राचार्यलाई दिएको हो ।

यद्यपि, अध्यादेश जारी हुनुअघि नै प्राडा। दीपक अर्यालले त्रिविको उपकुलपतिबाट राजीनामा दिएका थिए ।

अर्यालसँगै शिक्षाध्यक्ष प्राडा। खड्ग केसी र रजिस्ट्रार प्राडा। केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्