
३१ बैशाख, काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह बालेन संवैधानिक र पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्र सदनमा जवाफका लागि उपस्थित हुन नचाहेको विषयमा प्रशन उठाएका हुन् ।
प्रधानमन्त्रीय पद्धतिमा सरकारको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीको अवधारणा मानिने भएकाले अरुले चित्तबुझ्दो जवाफ दिन नसक्ने तर्क उनको छ ।
‘हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौं । यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको, तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ’, उनले भनेका छन्, ‘त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारका अलावा अरू कसले चित्तबुझ्दो जवाफ दिनसक्ला रु’ ।
प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने / गराउन’ हो भन्दै उनलेयसलाई प्रधानमन्त्रीले आफ्नो कर्तव्य र दायित्वका रूपमा बुझ्नुपर्ने बताए ।
संसदीय अभ्यास गरेका मुलुकमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा, कुनै घटनाप्रतिको दृष्टिकोण, औपचारिक विदेश भ्रमणबारे संसदमार्फत् नै सन्देश दिने प्रचलन रहेको उनले बताए ।
‘संसदको रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्रीले आफूलाई गर्वको महसुस गर्छन् । तर हाम्रा युवा प्रधानमन्त्रीलाई यी विषयले किन आकर्षण गरिरहेको छैन श्र प्रक्रिया मिचेर वा छलेर हिँड्ने कुरा लोकतान्त्रिक अभ्यासले स्वीकार गर्छ र ?’, भट्टराईले प्रश्न गरेका छन् ।













