Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई खोज्दै स्थगित प्रतिनिधिसभाको बैठक आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


३१ बैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको हो ।

बुधबार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए । नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

स्थगन गर्दै पटकपटक बैठक राखिए पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

 

 


प्रतिकृया दिनुहोस्