Skip

Hamro Sanchar

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जनप्रतिनिधिको प्रश्नको सामना गर्न किन डराउनु भयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


३० बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले संसदमा प्रधानमन्त्रीको अनुपस्थिति र नीति तथा कार्यक्रममाथिको जवाफदेहितालाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत संसद जनताको सर्वोच्च थलो भएको र यहाँ उठेका प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको स्पष्ट पारेका छन्।

शाहीले सत्ता छ भन्दैमा संसदलाई बेवास्ता गर्ने अधिकार कसैलाई नभएको बताए ।

उनले नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनतासँगको प्रतिबद्धताको दस्तावेज भएकाले यसको जवाफदेहिता प्रधानमन्त्री स्वयंले लिनुपर्ने बताएका छन्।

उनले लेखेका छन् , प्रधानमन्त्री सिंहदरबारमै हुनुहुन्छ, प्रधानमन्त्रीका लागि नीति तथा कार्यक्रमभन्दा ठूलो काम अरु केही हुन सक्दैन।

तर संसदमा उपस्थित भएर जनप्रतिनिधिहरूको प्रश्नको सामना गर्न किन डराउनु ? शाहीले जनताको उत्तर संसदबाट खोजिने र सडकबाट नखोजिने कुरामा जोड दिएका छन्।

उनले यो केवल प्रतिपक्षको आवाज मात्र नभई संसदबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको सम्मान र अस्तित्वसँग जोडिएको प्रश्न भएको बताएका छन्।

प्रजातन्त्रमा संसदलाई कमजोर बनाउने होइन, अझ बलियो बनाउने संस्कार आवश्यक रहेको उनको भनाइ छ।यस विषयमा सरकार र प्रधानमन्त्रीको तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

 


प्रतिकृया दिनुहोस्