
३० बैशाख, काठमाडौं । सरकारले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेसँगै मन्त्रालयको संख्याको टुंगो लागेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो लागेको हो ।
नियमावली स्वीकृत भएसँगै प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने टुंगो लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवरप्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन् ।
बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकालीलाई मनोनयन गरेको छ ।













