Skip

Hamro Sanchar

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


Advertisement

३० बैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गरेको अभियोगमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार बिहान पक्रेको हो।

सो प्रकरणमा यसअघि शुक्रबार पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परेका थिए।

उनीहरू पक्राउ परेपछि पाण्डे कार्यालय जान छाडेका थिए।

यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत सोमबार मात्र उनीबारे भ्रामक समाचार आएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।


प्रतिकृया दिनुहोस्