
३० बैशाख, काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ ।
हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार)दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । गोरखापत्रमा खबर छ ।










