Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रतिनिधि सभाको सचिवबाट हर्कराज राई आउट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


Advertisement

२९ बैशाख, काठमाडौं । प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधि सभाको सचिवबाट हटाएका हुन्।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राईलाई सचिवबाट हटाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९ङ० बमोजिम राईलाई हटाइएको जनाएको छ।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्‍ट्रिय सभाका सचिवलाई सभामुख तथा राष्ट्रिय सभाको अध्यक्षको रिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा हटाउने व्यवस्था छ।


प्रतिकृया दिनुहोस्