Skip

Hamro Sanchar

संसद्मा प्रचण्डको गर्जन : विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध कुनै हालतमा स्वीकार्य छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

संसद्मा पहिलोपटक संबोधन गरेका दाहालले सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरेका छन्।

उनले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान जिकिर गरे ।

ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको विरुद्ध रहेको भन्दै दाहालले ध्यानाकर्षण गराए ।

उनले विद्यार्थी शैक्षिक सुधारका बाधक हुन् भन्ने बुझाई सरकारको अपरिपक्व धारणाका रूपमा व्याख्या गरे ।

ट्रेड युनियनमाथिको प्रतिबन्ध अलोकतान्त्रिक भएको भन्दै अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेको महासन्धीहरूविरुद्ध नउभिन उनले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्