Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्रीसंग कांग्रेसले माग्यो जवाफ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


Advertisement

२९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनामा जवाफ मागेको छ।

आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको जवाफ मागेकी हुन्।

लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ थापाले भनिन्।

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्नेमा कांग्रेसलाई लागेको थापाको भनाइ छ।


प्रतिकृया दिनुहोस्