Skip

Hamro Sanchar

सुनको मुल्य फेरि ३ लाख नाघ्यो, एकैदिन ४४ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ वैशाख, काठमाडौं । सुनको भाउ फेरि ३ लाख रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन प्रतितोला ४ हजार ४ सय रुपैयाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज भारी दरले बढेको छ । एकैदिन प्रतितोला ३५५ रुपैयाँ(६.६ प्रतिशत)ले चाँदी बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत मंगलबार ४ हजार ८८० रुपैयाँमा सुनको कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्