Skip

Hamro Sanchar

भ्रष्टाचारभन्दा अराजकता खतरनाक, गणतन्त्रवादीहरू ट्वा परेर हेर्न बाध्य भए : रवीन्द्र मिश्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकका लागी भ्रष्टाचारभन्दा पनि अराजकता बढी खतरनाक भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता मिश्रले वर्तमान गणतान्त्रिक व्यवस्थाले समाजको हरेक तहमा भ्रष्टाचार र अराजकता संस्थागत गरेको आरोप लगाए ।

मिश्रले गणतन्त्रले चरम भ्रष्टाचार दिएको उल्लेख गर्दै मन्दिर निर्माणदेखि लास जलाउने दाउरा किन्दासम्म भ्रष्टाचार हुने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले लेखेका छन् , गणतन्त्रले यति भ्रष्टाचार दियो कि मन्दिर बनाउने कर्म गर्दादेखि लास जलाउने दाउरा किन्दासम्म भ्रष्टाचार गर्ने समाज दियो ।

भ्रष्टाचारभन्दा पनि अराजकताु लाई बढी घातक मान्दै मिश्रले यसको परिणामस्वरुप गणतन्त्रवादीहरू नै अहिले अवाक बनेर हेर्न बाध्य भएको दाबी गरेका छन् ।

विगतका गलत अभ्यासहरूलाई अपरिपक्व नजीरले सुधार्न खोज्दा परिस्थिति झन् बिग्रँदै गएको उनको तर्क छ ।

मुलुकको निकासका लागि नवीन समझदारीु र संरचनागत पुनरावलोकनु अनिवार्य रहेको उल्लेख गर्दै मिश्रले राजनीतिक दलहरू अझै पनि यसका लागि तयार नभएकोमा चिन्ता व्यक्त गरेका छन्।

राज्य र समाजलाई सबै मिलेर कहाँ पुर्‍याउने हुन्, थाहा छैन, उनले भने ।

मिश्रले पछिल्लो समय वर्तमान राजनीतिक व्यवस्थाको विकल्प खोज्नुपर्ने र राजतन्त्रसहितको नवीन समझदारीमा जानुपर्ने वकालत गर्दै आएका छन् ।

 


प्रतिकृया दिनुहोस्