Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनका सल्लाहकारको दाबी : स्वास्थ्यका कारण विश्राम लिन जानुभएको थियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका
सल्लाहकार असिम शाह प्रधानमन्त्रीको बचाउमा उत्रिएका छन् ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला स्वास्थ्यमा असहजता आएपछि प्रधानमन्त्री विश्रामका लागि बाहिरिएको असिम शाहले दाबी गरेका छन् ।

उनका राजनीतिक सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्रामका लागि निस्किएको सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

“प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ,” उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्