Skip

Hamro Sanchar

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड, पुरक परिक्षा  असार १ देखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

यस्तै (एसईई)को पूरक (ग्रेडवृद्धि)परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुनेछ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस्