Skip

Hamro Sanchar

नीति तथा कार्यक्रम प्रस्तुत भइरहदा प्रधानमन्त्री बालेन भने बेपत्ता !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भने पूरै समय संसद्मा अनुपस्थित रहे ।

आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री सदनबाट निस्किएका थिए ।

आफ्नै नेतृत्वको सरकारको कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा बैठक प्रधानमन्त्री नै बैठक छोडेर हिँडेको नौलो दृश्य सोमबार संसद्‌मा देखियो ।

राष्ट्रपति पौडेललाई एक घण्टा १० मिनेट लागेको थियो । तर त्यो अवधिसम्म प्रधानमन्त्री शाहले कुरेनन् ।

सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा पनि प्रधानमन्त्री नबसेपछि अहिले आलोचना भइरहेको छ ।


प्रतिकृया दिनुहोस्