Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजैदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


Advertisement

२५ बैशाख, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया आज शुक्रबारबाट सुरू हुने भएको छ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले आज नै शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरू गर्न बैठक बोलाएको हो।

बैठक अपराह्न ४ बजे राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने भनिएको छ।

संवैधानिक परिषदको सिफारिसपछि संसदीय समितिले अनुमोदन गरेपश्चात राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछ।

बिहीबार संवैधानिक परिषदले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई सिफारिस गरेको हो।

न्याय परिषदको निर्णयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भिष्मराज आङ्देम्बेले नोट अफ डिसेन्ट लेखेका थिए।

नेपाली कांग्रेस र नेकपा एमालेले पनि यो सिफारिसको विरोध गरेका छन्। सर्वोच्च अदालतमै यो विषयमा शुक्रबार रिट पेस भएको छ।


प्रतिकृया दिनुहोस्