Skip

Hamro Sanchar

१५ जना अवैतनिक दूतहरू पदमुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


२५ बैशाख, काठमाडौँ । बालेन्द्र साह नेतृत्वको सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भने,‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय भएको छ।’

बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।


प्रतिकृया दिनुहोस्