Skip

Hamro Sanchar

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


२५ बैशाख, काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शर्माको सिफारिस संविधान र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

रिट लिएर गए पनि दर्ता हुने क्रममा रहेको अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् ।

उनीहरूले अहिलेसम्मको अभ्यास र परम्परा वरिष्ठतामा एक नम्बरमा रहेकालाई सिफारिस गर्ने रहेको दाबी गरेका छन् ।

वरीयतामा चौथोमा रहेका शर्मालाई सिफारिस गर्दा न्यायपालिका स्वतन्त्र नहुने र विकृति आउने दाबी गरिएको छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले यसअघिका अभ्यासलाई तोड्दै वरिष्ठतामा पहिलो स्थानमा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुँयालभन्दा पछाडि रहेका शर्मालाई सिफारिस गरेको थियो ।

सो सिफारिसमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

 

 


प्रतिकृया दिनुहोस्