Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधान न्यायाधीश नियुक्तिमा वरियता मिचिएको भन्दै हर्कको आक्रोश : नीतिगत भ्रष्टाचारी सरकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


Advertisement

२५ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर सरकारको कडा आलोचना गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले संसदलाई छलेर अध्यादेश ल्याउनु र वरियताको ख्याल नगर्नुलाई ‘नीतिगत भ्रष्टाचार’ को संज्ञा दिएका हुन्।

साम्पाङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, प्रधान न्यायाधीशको नियुक्तिमा वरियताको ख्याल राखियो कि राखिएन रुरुरु यही गर्नलाई संसद छलेर अध्यादेश ल्याको हो !नीतिगत भ्रष्टाचारी सरकार !

हालै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि प्रधान न्यायाधीश नियुक्तिको बाटो खुलेको थियो ।

साम्पाङले यसमा संसदको उपेक्षा र न्यायपालिकामा वरिष्ठताको परम्परा मिचिएको भन्दै प्रश्न उठाएका छन्।

आफ्ना कडा टिप्पणीका लागि परिचित साम्पाङले यसअघि पनि राजनीतिक नियुक्ति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन् ।

 


प्रतिकृया दिनुहोस्