
२५ बैशाख, काठमाडौं । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन् । एकताको औपचारिक घोषणा आज दिउँसो हुँदैछ ।
स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् ।
गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।
सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका स्रोतको भनाइ छ ।
जेनजी आन्दोलनपश्चात प्रचण्डले माधव नेपालसहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रलोपामा लागेका थिए । प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीबाट बाहिरिएर हर्कसँग सघन छलफल चलाएका थिए ।
भोजपुरबाट ३ पटक चुनाव जितेका किराती पर्यटनमन्त्रीसमेत बने ।













