Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार बने वरिष्ठ चिकित्सक अग्रवाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


Advertisement

२३ बैशाख, काठमाडौं । चिकित्सा शिक्षाविद् प्रा।डा। जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अग्रवाललाई स्वास्थ्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन हुन्।

डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बतामइन्।

‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा. डा. जगदिशप्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ,’ दाहालले भनिन्।

डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा प्रदान गर्ने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्