Skip

Hamro Sanchar

कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ बजे बस्न लागेको जानकारी दिए ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस्