Skip

Hamro Sanchar

कांग्रेस भातृ संगठन दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।

कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका हुन् ।

उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०८० असोज १३ गते अध्यक्षमा नियुक्ति गरेका थिए । उनले पारिवारिक र शारीरिक कारण देखाउँदै राजीनामा दिएका हुन् ।


प्रतिकृया दिनुहोस्