Skip

Hamro Sanchar

सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा मार्यो छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।

बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो ।

विभागको टोलीले बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्