Skip

Hamro Sanchar

फेरि किन बस्दै छ कांग्रेस पुर्ण खड्का समुहको बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


१५ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।

बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । यसअघि ६ वैशाखमा सोही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निस्कर्ष निकालेको थियो।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिएका छन्।


प्रतिकृया दिनुहोस्