
६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
समिति सचिव दिनेश थापामगरका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा अनुशासनसम्बन्धी विविध विषयमा छलफल हुनेछ ।
समितिको २ वैशाखको बैठकले नेता पूर्णबहादुर खड्कालाई सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
खड्काले कार्यवाहक सभापतिको हैसियतमा पटक–पटक विज्ञप्ति जारी गर्दै आएका थिए ।
उनलाई कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी नगर्न यसअघि अनुशासन समितिले सचेत गराए पनि चैत ३० गते फेरि विज्ञप्ति जारी गरेका थिए ।














