
२ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
स्रोतका अनुसार मंगलबार उनीहरूको निजी निवास र कम्पनीको कार्यालयमा छापा मारिएको हो । छापाका क्रममा अनुसन्धानका लागि आवश्यक कागजातहरू संकलन गरिएको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवाल हाल हिरासतमा रहेका छन् । विभागले थप अनुसन्धान जारी रहेको जनाएको छ ।














